Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, ८ जेठ । बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो । यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया