Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ८ जेठ २०७७ । प्रदेश १ का आज बिहान थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गएराति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ । गए राति पुष्टि भएका ५ जनासहित झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन् । कचनकबल गाउँपालिकामा मात्र संक्रमितको संख्या २५ पुगेको छ ।

त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन् । प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ । निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ। यो सगै देशभरमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया