Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ७ जेठ। प्रदेश १ मा ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड-१९ पुष्टि भएको हो । प्रदेश १ ले आज साँझ गरेको अद्यावधिक विवरण अनुसार झापामा ५, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ पुष्टि भएको हो । यो सँगै कोभिड-१९ पुष्टी भएको कुल संख्या ६६ रहेको छ । संक्रमित मध्ये २६ जना निको भएर घर फर्किसकेको प्रदेश १ ले जनाएको छ ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया