Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ७ जेठ २०७७ । नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए।

“१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ, ” मन्त्री बरालले भने।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।

मृतक पेशाले शिक्षक थिए। उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ।

नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्।

तपाईको प्रतिक्रिया