Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठ्माडौं, ६ जेठ । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४ सय २ संख्या पुगेको छ । जसमा ३ सय४० पुरुष र ६२ महिला रहेका छन् ।

यसैबीच झापाका ६२ वर्षीय कोरोना संक्रमित वृद्ध निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

तपाईको प्रतिक्रिया