Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ५ जेठ । झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् । कोशी अस्पताल विराटनगरको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दमक नगरापालिका ३ बस्ने ६२ वर्षीय वृद्ध डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।

दमकका वृद्धलाई वैशाख १२ मा भर्ना गरिएको थियो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

झापाका तीन जना कोरोना संक्रमति मध्ये दुई जना निको भइसकेका छन् । आज देखापरेका कचनकवलका कोरोना संक्रमित युवकलाई उपचारका लागि विराटनगर लगिएको छ ।

तपाईको प्रतिक्रिया