Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
काठमाडौं, २७ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
चन्दा संकलनको आरोपमा पक्राउ परेका उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । यसअघि प्रहरीले चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।
हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा साउन २२ गते दक्षिणकाली नगरपालिका(१ चाल्नाखेलबाट प्रकाण्डसहित तीन जना पक्राउ परेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया