Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा , ५ जेठ । नेपालमा थप १८ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि आज दिउँसोसम्म ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ७५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठ्माडौं, बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगंज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण अनुसार थप नयाँ १८ जनाका कोरोना संक्रमण पुष्टी भए पश्चात संक्रमितको संख्या ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय १६ पुरुष र महिला ५९ रहेका छन् ।

मन्त्रालयले आज राती अद्यावधिक गरेको विवरण अनुसार धनुषा निवासी २ जना पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँके, नरैनापुर, निवासी १२ जना पुरुषहरु, त्यस्तै, दैलेख, आठबिस-१ निवासी १ जना पुरुष, सुनसरीमा १ जना पुरुषमा र झापामा १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

हालसम्म उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा। समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । झापामा थप नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ३ पुगेको छ ।

तपाईको प्रतिक्रिया