Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ५ जेठ २०७७ । राष्ट्रिय मुस्लिम आयोगले इद–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ

मुस्लिम आयोगको आइतबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले इद–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व इद–उल–फित्रका दिन मस्जिद र मदरसामा गई सामूहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी इद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो ।

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरूले घरमै बसेर नमाज पढेका थिए । आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरूलाई इदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले इदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदान–प्रदान नगर्नसमेत आग्रह गरे ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो व्रत तोड्ने दिन इद–उल–फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रूपमा मनाइने गरिन्छ । इदलाई आपसी सदभावको चाडका रूपमा पनि हेर्ने गरिएको छ । यस वर्षको इद–उल–फित्र आगामी आइतबार मनाईंदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरूले गर्दछन् ।

तपाईको प्रतिक्रिया