Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
काठमाडौं, २७ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन नबनाई कर असुली नगर्न मातहतका निकायहरुलाई कडा निर्देशन दिएका छन् । खतिवडाले तिर्न नसक्नेलाई सरकारले करको बोझ नलगाउने समेत स्पष्ट  पारेका छन् ।

सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिएका हुन् ।

उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराए ।
आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिए । उनले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराए ।
सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ ।
अर्थमन्त्री खतिवडाले राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाढि बनाउन कर लिने गरेको पनि स्मरण गराए ।
उनले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
तपाईको प्रतिक्रिया