Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024
विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको हो ।
बम विष्फोटबाट कार्यलय भवनको केही सिसा फुट्नुकासाथै सोफामा पनि क्षति भएको मोरङका एसपी मनोज केसीले बताए । उनका अनुसार भवनको प्यासेजमा विष्फोट भएको हो ।
बमको छर्राले को१झ ४९४ नम्बरको सरकारी गाडीमा समेत क्षती पुगेको छ । विष्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन ।
मोरङ प्रहरीका अनुसार बम कसले र किन राखेको भन्ने अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया