Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ३ जेठ, २०७७ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन(३) छ । थप नयाँ ३ जनामा कोरोना संक्रमण पुष्टी भए पश्चात संक्रमितको संख्या २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार कपिलवस्तु, शिवराज नगरपालिकाका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

हालसम्म उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । आजैमात्र ९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

तपाईको प्रतिक्रिया