Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा , ३ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठ्माडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको संख्या ६ छ । ६ जनामा कोरोना संक्रमण पुष्टी भए पश्चात संक्रमितको संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार बर्दियाको, नार्खु-११ निवासी २८ वर्षीय महिला, सिराहाको, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्साको, विरगंज-१२ निवासी २८, २९ वर्षीय पुरुष, त्यस्तै सर्लाहीको, रामनगर-४ निवासी १८ वर्षीय महिला र चितवन,गढौली-१ निवासी २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

हालसम्म उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्र्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया