Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठ्माडौं, २ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठ्माडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भए पश्चात संक्रमितको संख्या २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार पर्सा, विरगंज निवासी ९, १० वर्षीय बालक र २३, ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढ्वा-४, ५ तथा तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरु र काठ्माडौं सतुंगल निवासी ७ वर्षीय बालकमा संक्रमण पुष्टी भएको र हालसम्म उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया