Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी
काठमाडौं, २ जेठ २०७७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’

ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला रु ’ र जवाफ दिए, ‘यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५ सय अर्ब डलर बचाउनुहुनेछ ।’

ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ थियो ।
अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ ।

अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । तर चीनले लगातार यो आरोप अस्विकार गर्दै आएको छ ।

ट्रम्पकोे चीन–विरोधी बयानलाई मानिसहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन् ।

स्रोतः बीबीसी

तपाईको प्रतिक्रिया