Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडैं, १ जेठ २०७७ । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहले यसअघि अन्तरजिल्लाको लागि जारी गरेको पास खारेज गरेकोमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागु हुनेगरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार शनिबारबाट लागु हुनेगरी सबै पास खारेज गरिएको हो । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कडाई गरेको हो ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिनेछ । प्रेसको हकमा सूचना विभागबाट जारी पासबाट आवगमन दिइनेछ ।

तपाईको प्रतिक्रिया