Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १ जेठ २०७७ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर बालिकाको कन्ट्याक ट्रेसिङमा आएका व्यक्तिको पीसीआर टेस्ट गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया