Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाईन विचार
गौरीगंज, ३१ वैशाख २०७७ । झापाको गैरीगंज गाउँपालिका – १ मा २२ वटा घर निर्माणको सिलन्यास सम्पन्न भएको छ । सरकारले ल्याएको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत झापाको गौरीगंज गाउँपालिका वार्ड नं १ मा एकीकृत नमुना बस्ती निर्माणका लागि आज सिलान्यास गरिएको हो ।

झापा निर्वाचन क्षेत्र ४ क बाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद झलसिंह दर्लामी सन्देशले सो वडामा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत कुल २२ घर निर्माणको सिलान्यास गरेका हुन् । सो वडाको ढेबु बस्तीमा आयोजित संक्षिप्त्त कार्यक्रमका बीच बस्ती निर्माणका लागि सिलान्यास गरिएको हो ।

कोच , सन्थाल र राजवंशी समुदायका विपन्न परिवारलाई २२ घर निर्माण गर्न लागिएको हो । वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा भएको सिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ , उपाध्यक्ष दिपिन्द्र थापा, नेकपा गौरीगन्ज गाउँ कमिटी अध्यक्ष बिध्यानन्द राजबनंशी अमन, रेडक्रस गौरीगंज अध्यक्ष कैलाश मास्के, नेका प्रतिनिधि गणेश राजवंशी, विओपी कुञ्जीवारीका ईन्चार्ज अगम राई, सांसद एलपी सांवाका स्वकिय सचिव सिकिन पास्वान, प्रदेश सांसद दर्लामीका स्वकिय सचिव दुर्गा नेम्वाङ्ग, गणेश ढकाल लगायत स्थानीय सामाजिक तथा राजनीतिक अगुवाहरुका साथै लक्षित समुदायको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष राजवंशीका अनुसार संघीय सरकारको ७५ लाख रूपैयाँ र गाउँपालिकाको समेत गरि जम्मा १ करोड ५ लाख बजेट भएपनि बस्ती निर्माणका लागि टेन्डर आव्हान गरिएकोमा घटाघट्मा ६६ लाख रुपैयाँमा मेची कन्स्ट्रक्सन बिर्तामोडले सम्झौता गरेको छ ।

चालू आर्थिक बर्ष भित्रै सो वडाका ३ स्थानमा ढेबुबस्ती, टप्पु र बालुवाडीमा कुल २२ घर निर्माण गरिनेछ्न्। सरकारले तोकेको मापदण्ड भित्र रहेर ति घर निर्माण गरि लक्षित वर्गलाई हस्तान्तरण गरिनेछ । दुईकोठे टिनको छाना भएको र बरण्डासहितको घर निर्माण हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया