Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ३१ वैशाख । नेपाली संस्कृति र मुर्तिकलाका ज्ञाता प्रा.डा. मुकुन्दराज अर्यालको ७५ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार राति काठमाडौं गैरीधारास्थित आफ्नै निवासमा निधन भएको उनको परिवारले जनाएको छ । अर्याल उच्च रक्तचाप तथा मधुमेहबाट पीडित थिए ।

त्रिभुवन विश्वविद्यालयमा करिब ४० वर्ष अध्ययन–अध्यापनमा संलग्न अर्यालका दर्जनौं अनुसन्धात्मक लेख, कृर्तिहरु प्रकाशित छन । नेपाली मुर्तिकलाको अध्ययन–अनुसन्धानमा उनको गहिरो रुचि र योगदान छ । पछिल्लो समय हनुमानढोका दरबारका सम्पदाहरुको अभिलेखीकरणमा उनी सक्रिय थिए । भूकम्पपछि हनुमानढोका क्षतिग्रस्त भएपछि त्यहाँका मूल्यवान सामग्री तथा सम्पदाहरुको संरक्षणका लागि अभिलेखीकरणको काम उनकै नेतृत्वमा भएको थियो ।

अर्यालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया