Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ३० बैशाख २०७७ । एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले मंगलबार एक निर्णय गर्दै जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको होु, गृहका सूचना अधिकारी एवम् उपचसचिव उमाकान्त अधिकारीले भने, एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई-पाससहितका सम्पूर्ण पास रद्द गरिएको छ। गृहले एउटै जिल्लाभित्र आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने नियम लागू गर्ने निर्णय लिएको छ।

अधिकारीका अनुसार अब परिचय पत्र मात्रै देखाएर सडकमा निस्कन पाइँदैन। सरकारले साता अघि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग र निर्माण क्षेत्रसहितका मानिसहरुले आफू कार्यरत कार्यालयको परिचय पत्रका आधारमा सवारीसाधन चलाइरहेका थिए।

तर अब परिचयपत्र देखाएर सडकमा निस्कन पाइनेछैन। अधिकारीका अनुसार अनिवार्य स्थानीय प्रशासनबाट जारी गरिएको सवारी पास देखाउनै पर्ने हुन्छ। नेपालमा एकै दिन मंगलबार ५७ जना कोरोना भाइरस संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका थिए। सोमबार २४ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ रहेको छ।

तपाईको प्रतिक्रिया