Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026
काठमाडौं, २६, साउन । झापा गारिगञ्जको शिवालय मन्दिरलाई लामो समय धर्म साधनाको कार्यथलो बनाएर गत महिना प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेकोमा आपत्ति जनाएकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गिरीले केही गतल मानसिकता भएका कथा वाचकहरुले आफ्नोबारे नकारात्मक प्रचार गरेर आफ्नो बद्नाम गर्न खोजेको आरोप लगाइन् ।
वेद, पुराण, भागवत गीता लगायतका धार्मिक ग्रन्थहरुले नारीहरुलाई शंकराचार्य नहुने भनेर कहीँ कतै नलेखेको दाबी गर्दै गिरीले भनिन्,‘मैले सनातन हिन्दु धर्मको उद्गमस्थल पशुपतिनाथमा शंकराचार्यको क्षत्रि ओड्ने चाहना राखेको थिएँ, मेरो बारेमा गलत प्रचार गरेर सरकारलाईसमेत भम्रमा पार्न खोजियो, गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’
आफ्नो बारेमा उठेका प्रश्नहरुका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेपनि भेट सम्भव नभएको उनको गुनासो छ । उनले पहिलो महिला शंकराचार्य पदलाई सरकारले बुझ्न नसकेको समेत गुनासो गरिन् ।
आफूले राष्ट्र र राष्ट्रियतालाई शीरमा राखेर सनातन हिन्दु राज्यबारेमा वकालत गर्दै आएको पनि उनले बताइन् ।
अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वल्र्ड हिन्दु परिषदलगायतले उनी नक्कली शंकराचार्य भएको टिप्पणी गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments