Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३० बैशाख २०७७ । कपिलवस्तुको तौलिहवाअस्पतालमा कार्यरत एकजना स्टाफ नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार संक्रमण देखिएका ८ जनामध्ये २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। अस्पतालका अन्य र्मचारीहरुको परीक्षण गर्ने तयारी भइरहेको उनले बताएका छन्।

कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाकाबासी हुन्। संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन्। उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन्। मंगलबारै थपिएका रुपन्देहीका ९ जना संक्रमितहरु लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन्।

उनीहरु भारतको मुम्बईबाट आएर लुम्बिनीमै क्वारेन्टाइनमा बसिरहेका थिए।

तपाईको प्रतिक्रिया