Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

झापा, ३० वैशाख । आज फेरि थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठ्माडौंको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड-१९ का पुष्टी भएकाहरुको जम्मा संख्या १९१ पुगेको छ । जसमा १५८ पुरुष र ३३ जना महिला रहेका छन् । त्यमध्ये ३३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया