Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026
चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटै तहका सरकारले करमाथि कर थोपर्न थाल्यो भने त्यसले संघीयता कार्यान्वयन गर्न अप्ठेरो पर्न सक्ने बताएका छन्।
चितवनमा शनिबार प्रचण्डले स्थानीय, प्रदेश र केन्द्र सरकारले कर मात्रै लगाएको भन्दै जनता र व्यवसायीहरूबाट गुनासो आउन थालेकोप्रति लक्षित गर्दै ’बाइसे(चोबिसेजस्तै बनाउन खोज्ने र अलोकप्रिय बनाउन खोज्ने कतैबाट प्रयास त भइरहेको छैन?’ भनेर प्रश्न गरेका हुन्।
जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन देश संघीयतामा गएको उनले बताए।
’करको विषयमा हो या मूल्यवृद्धि, जनताको चिन्ता हामीले सुनेका छौं, त्यसलाई सम्बोधन गर्ने उपायको खोजी भइरहेको छ’ उनले भने, ’सरकार गम्भीर छ, पार्टी नेतृत्व पनि जनता र सांसदको गुनासो एवं चिन्ताप्रति गम्भीररूपले समीक्षा गरिरहेका छौं।’
केही पुरानो सोच र मान्यताले प्रादेशिक सरकारलाई अधिकार सम्पन्न र गतिशील बनाउनुपर्नेमा त्यसो हुन नसकेको उनले स्वीकार गरे।
फरक प्रसंगमा प्रचण्डले विप्लव नेतृत्वको नेकपाप्रति सरकार आक्रामक भएको भन्ने कुरा गलत भएको बताए। सबैसँग सहकार्य र संवादबाट निकास निकाल्न सरकार र पार्टी लागेको उनको भनाइ छ।
’बितन्डा मच्चाएर, मान्छेलाई आतंकित पारेर अहिलेको बदलिँदो परिस्थितिमा केही हुन्छ भनेर सोच्नु साह्रै ठूलो अज्ञानताबाहेक केही होइन’ प्रचण्डले भने।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments