Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २९ वैशाख । नेपालमा फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोभिड-१९ पुष्टी भएकाहरुको कूल संख्या १३४ पुगेको छ । जसमा १०१ पुरुष र ३३ महिला रहेका छन् । योसँगै सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठ्माडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार कपिलबस्तु, यशोधरा गाउँपालिका-८ र बुद्धभुमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषहरु यस्तैगरि, रुपन्देही , समरीमाई गाउँपालिका-७ र लुम्बिनी संस्कृतिक गाउँपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु र बर्दिया, राजापुर-५ निवासी ११ वर्षीय महिला मा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सोमबार बिहान मात्र कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु र अर्का एकजनाको उमेर नखुलेको गरि १० जना र सप्तरीको डाक्नेश्वोरी नगरपालिका वडा नम्बर-३ निवासी १८ वर्षीय पुरुपमा दिउँसो कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया