Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २९ वैशाख । शरिरको मेरुदण्डमा समस्या देखिएकि एक बालिकालाई उपचार गर्न आर्थिक अभाव भएको छ । पाँचथर जिल्लामा घर भएकि १६ वर्षिया वर्षा चेम्जोङलाई उपचारका लागि अस्पताल भर्ना गरिएपनि रकम अभावका कारण उपचार गर्न समस्या भएको उनका बुवा आइत बहादुर चेम्जोङले बताए।

सामान्य खर्चमा उपचार होला भन्ने आसामा अस्पताल आएका चेम्जोङ परिवारलाई अस्पतालले मेरुदण्डमा समस्या देखाउदै मोटो रकम लाग्ने बताएपछि खर्च जुटाउन समस्या भएको हो।

बाँच्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण कक्षा-९ मा अध्ययनरत बालिकालाई उपचारमा पिडा थपिएको छ । पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वार्ड नं. ७  सुम्बुबा बस्ने बुवा आइत बहादुर चेम्जोङ को छोरी १६ वर्षीया वर्षा चेम्जोङको मेरुदण्डको हड्डीमा समस्या भई कम्मर मुनिको भाग पुरै नचल्ने अवस्था भएपछि उपचारका लागि २०७६ साल फागुन २६ गते सुरुमा झापा बिर्तामोड स्थित विर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर प्रा.लि. मा उपचारको लागि भर्ना गर्दा त्यहाँ करिब डेढलाख रकम सकिंदा पनि बिरामी निको नभएपछि बिर्तामोडको बि.एण्ड.सी.अस्पतालमा सम्पूर्ण रिपोर्ट तथा एम.आर.आई गर्दा त्यहाँ पनि करिब १ लाख ७५ हजार सम्म खर्च भएको बताइएको छ । डाक्टरको भनाई अनुसार बिरामी वर्षाको मेरुदण्डको अप्रेशन गर्नुपर्ने भएकाले उपचार खर्च पाँच लाख लाग्ने बताएपछि अहिले बिरामीको परिवार समस्यामा परेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

आर्थिक अवस्था निकै नै कमजोर भएको र अहिले बिरामी सहित उनका बुवा र आमा झापाको कमलगाउँपालिका-४ को सगरमाथा टोलमा आफन्त इन्द्र कुमार आङदेम्बेको घरमा नै दुख सँग बस्दै आइरहनुभएको स्थानीय सामाजिक अभियन्ता डिल्ली न्यौपानेले जानकारी दिए ।
बिरामी वर्षा एकोहोरो उत्तानो परेर सुत्ने गर्नाले पछाडीको भागमा डरलाग्दो घाउ आएको छ । अहिलेसम्म गाउँघरमा चन्दा संकलन गरि स्थानिय डा.टंक नारायण राजवंशीबाट दैनिक डे«सिङ् गरिरहेको न्यौपानेले जानकारी दिए । वर्षाको कम्मर मुनिको भाग नचल्ने भएपछि व्हीलचेयर समेत नभएर कुर्सी मा नै दिसा पिसाब गर्न बाध्य भएकी छिन्।

उनको आमा बुवालाई छोरीलाई एक ठाउँबाट अर्को ठाउँमा लान ल्याउन स्याहार गर्न निकै नै कठिन भइरहेकोले कोहि सहयोगीदाताले व्हीलचेयर उपलब्ध गराइदिन हुन समेत आग्रह गरिएको छ । यस्तै, देश विदेशमा रहनुहुने सहयोगी मन भएकाले रकम जुटाईदिन हुन बिरामी र परीवारले याचना गरेको छ ।

बिरामी वर्षा चेम्जोङ को बुवा आइत बहादुर चेम्जोङलाई आर्थिक सहयोगका लागि ९८१६९६५३८२ र ९८६३८९३१५५ मा सम्पर्क गरेर आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया