Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, २९ वैशाख । नेपालमा थप एक जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । योसँगै कोभिड-१९ पुष्टी भएकाहरुको कूल संख्या १२१ पुगेको छ । जसमा ८९ पुरुष र ३२ महिला रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षण अनुसार सप्तरीको डाक्नेश्वोरी नगरपालिका वडा नम्बर-३ निवासी १८ वर्षीय पुरुपमा आज दिउँसो कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आजै बिहान मात्र कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु र अर्का एकजनाको उमेर नखुलेको गरि थप १० जना संक्रमित फेला परेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया