Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा सोमबार १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ ।

कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन् भने अर्का एकजनाको उमेर खुलेको छैन । सबै जनालाई अस्पताल लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सरकारले लकडाउन खुकुलो गरेसँगै संक्रमितको संख्या अझै बढ्नसक्ने विज्ञ बताउँछन् ।

रेड जोनमा परेको झापामा झन् लकडाउन खुकुलो हुँदा स्थानीयमा चिन्ता थपिएको छ । भारतको दुइवटा प्रदेशसँग जोडिएको झापामा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिले लकडाउन खुकुलो पारेसँगै झापाका बजारमा अहिले भीडभाड छ । केही दिनअघि सुनसान रहेका सडकमा अहिले निजी तथा मालवाहक सवारीको चाप बढेको छ ।

तपाईको प्रतिक्रिया