Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २८ वैशाख । विश्वभर कोरोना संक्रमणबाट हालसम्म ७८ गैरआवासीय नेपाली एनआरएनको मृत्यु भएको छ । ५ हजार ५ सय ८१ जना संक्रमित छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा १/१ जना नेपालीको मृत्यु भएको समितिका संयोजक डा.संजिव सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया