Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २७ वैशाख । प्रदेश १ मा थप एक जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । उदयपुरको भुल्केमा थप एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुरको भुल्केकी एक महिलामा आज साँझ कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै बिहान प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए । उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ । जसमा ७८ पुरुष र ३२ महिला रहेका छन्।
त्रियुगा नगरपालिका-३ भुल्केस्थित नुरी मस्जिद आसपासका क्षेत्रमा तीन दिन अघि ३ सय ३४ जनामा दोश्रोपटक गरिएकको स्वाब परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए। कोशी अस्पताल विराटनगरको पीसीआर ल्याबमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको डा.अधिकारीले बताए।

संकलित स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको थियो। तीन सय ३४ जनाको स्वाब संकलन गरिएको थियो।

यसैबीच पुनःपरीक्षणमा भेटिएका ३ जना संक्रमितलाई शनिबार उपचारका लागि एम्बुलेन्सबाट विराटनगरस्थित कोसी कोरोना उपचार अस्पताल लगिएको छ। बाँकी एक जनालाई आइतबार बिहान लैजाने तयारी भएको छ।

संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन्। ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

तपाईको प्रतिक्रिया