Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026
काठमाडौं, २० साउन । मस्तिष्कघातबाट थलिएका वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएका ६५ वर्षिय दाहालको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौलारोग उपचार केन्द्रमा पुगेका दाहाललाई त्यहाँ समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जे्न्सिमा भर्ना गरिएको थियो। न्यूरो अस्पतालको आइसियुमा राखेर दुई दिन उपचार गरिएपछि शुक्रबार उनलाई सेमेरु अस्पताल रिफर गरिएको थियो।
गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।
मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए। रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता दाहाल २०१० सालमा खोटाङमा जन्मेका थिए।
उनले चलाएको रेडियो नेपालको साहित्य संसार कार्यक्रम प्रसिद्ध थियो।
विसं २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाएका थिए।
दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख, साहित्य समीक्षा, समालोचना, अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्‍याएका छन्। तत्कालीन समयमा अभिवादन ‘जदौ’ शव्दको सर्वव्यापी प्रयोगलाई उनले व्यापकता दिएका थिए।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments