Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

बुटवल, २५ वैशाख। आज कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ ।
बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि मुम्वईवाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर आएको थाहा पाउन साथ स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

संक्रमीतलाई भोलि बिहानै बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिने छ । अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।गोरखापत्र

तपाईको प्रतिक्रिया