Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, २५ वैसाख २०७७ । कोभिड १९ को सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेका चिनियाँ मूलका एक अनुसन्धानकर्ताको अमेरिकामा सहस्यमय तरिकाबाट हत्या गरिएको छ ।

युनिभरसिटी अफ पिटरर्सबर्गको स्कुल अफ मेडिसिन विभागका असिस्टेण्ड प्रोफेसर ३७ वर्षीय विङ्ग लीको शनिवार उनकै निवासमा गोली हानी हत्या भएको बिबिसीको सामाचारमा छ ।

उनलाई सफ्टवेयर ईन्जिनियर हाउ गुले लीको टाउको, हात, खुट्टा, गर्धन लगायतका भागमा गोली हानी हत्या गरेका छन् । हत्यापछि गुले आत्महत्या गरेको अमेरिकी प्रहरीले जनाएको छ ।

लीका सहकर्मीले कोभिड १९ को गहिरो खोजको नजिक पुगेको अवस्थामा उनको सड्यन्त्रपूर्ण तरिकाबाट हत्या भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले लीको बाँकी खोजको पुरा गर्ने बताएका छन् ।

लीले अमेरिकी ल्याबमा कोरोना भाइरस तयार भएको तथ्य पत्ता लगाउन लागेका अवस्थामा सड्यन्त्रपूर्वक हत्या भएको सामाजिक सञ्जालमा टिप्पणी भएको छ ।

तपाईको प्रतिक्रिया