Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २५ वैशाख । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमितको संख्याको आधारमा हटस्पटको रुपमा देखिएका उदयपुरमा ५ सय, वीरगन्‍जमा सय, नेपालगञ्जमा एक हजार थप नमुना संकलन गर्ने बताए ।

उनले यस कार्यका लागि इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनाको टोली परिचालन गरिएको जनाए ।

हालसम्म नेपालमा ९९ जना कोरोनभाइरस संक्रमित फेला परेका छन् जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । निको भएका ३ जनामा पुनः कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरुको पनि उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा आरडीटी विधिबाट ५४ हजार ९३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १४ हजार ५ सय ९ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १४ हजार ५०९ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट ५४ हजार ९३ वटा परीक्षण भइसेका छन् ।
प्रदेश १ मा ६५५९, प्रदेश २ मा ५३४८, बागमती प्रदेशमा ९०४४, गण्डकी प्रदेशमा ६३४९ जना, प्रदेश ५ मा ५७१३, कर्णाली प्रदेशमा ६६०८ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ जनाको आरडीटी प्रविधिबाट परीक्षण भएका छन् ।

त्यसैगरी बिहीबारको अपडेटमा आइसोलेसनमा देशभरी १३३ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३० जना रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेका छन् । रेड जोनमा सम्भावित संक्रमितको संख्या ३३५ रहेको छ ।

तपाईको प्रतिक्रिया