Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २४ वैशाख । झापामा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् । झापाको कन्काई नगरपालिका—७ का ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका हुन् ।

मंगलवार बेलुकाको खाना संगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समय देखि नै वान्ता हुन थाले पछी उपचारको लागी बिर्तामोड स्थित बीएण्डसी अस्पताल भर्ना गरिएको छ । हाल उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया