Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, २४ वैशाख २०७७ । संघीय संसदका सबै सांसद तथा कर्मचारीले कोरोना परीक्षण गरेपछि मात्रै संसदमा प्रवेश पाउने भएका छन् ।

मंगलबार संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसद र कर्मचारीको पीसीआर विधिबाट परीक्षण गरेपछि मात्रै संसदमा प्रवेश दिने निर्णय गरेको हो । सभामुख अग्निप्रसाद सापकोटोको अध्यक्षतामा बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

वैठकले विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पनि पालना गर्ने निर्णय गरेको छ । दुरी कायम हुनेगरि सांसदहरुलाई राख्न यसअघि नै संरचनाहरुको निर्माण गरिएको थियो । अहिले संघीय संसदको भवनको विशेष सरसफाई समेत गरिएको छ ।

आगामी २६ वैशाखदेखि वर्खे अधिवेशन आह्वान गरिएको छ । संसदमा सांसदहरुको बाक्लो उपस्थिति हुँदा कोरोना संक्रमणको जोखिम रहन सक्ने भन्दै आवश्यक तयारी अपनाउन कार्यव्यवस्थाको बैठक बसेको हो । मंगलबार बसेको बैठकले सभाहल, कक्षहरु, भवन र परिसरलाई स्यानीटाइज गर्नेसमेत निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया