Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिंजो(सोमबार) बाट जुम्लामा आरटी पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जनाएको छ ।

मंगलबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर मेसिनबाट कोरोना परीक्षण सोमबारबाट सुरु भएसँगै देशभर १८ प्रयोगशालाबाट पीसीआर विधिबाट नमूना परीक्षण सुरु भएको छ । यस्तै, अल्कोहल सेवन वा शरिरमा छर्किनाले कोरोना नमर्ने बताउँदै अल्कोहलको सेवनले रोग सँग लड्न सक्ने क्षमता घट्ने हुँदा कोरोना संक्रमणमा थप जोखिम हुन जाने भन्दै अल्कोहलको सेवन नगर्न मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अनुरोध गर्नुभएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ८२ रहेको मन्त्रालयले जनाएको छ जसमध्ये १६ जना निको भइसकेका छन् । जसमध्ये पुरुष ६१ र महिला २१ छन् । रुपन्देहीमा एक, नेपालगन्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र विराटनगरमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ । सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

हालसम्म नेपालमा आरडीटी विधिबाट ५२ हजार २ सय २७ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ८ सय ५० परीक्षणहरु भएको जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ८२ परीक्षण भएका छन् ।

प्रदेश नं १ मा छ हजार १२२, प्रदेश नं २ मा पाँच हजार ७७५, वागमती प्रदेशमा आठ हजार ९४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १९३, कर्णाली प्रदेशमा पाँच हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । यसरी कुल आरडीटी को परीक्षण संख्या ५२ हजार २ सय २७ पुगेको जनाएको छ ।

मुलुकभर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१ हजार ९९ पुगेको छ । प्रदेश नं १ मा दुई हजार १२४, प्रदेश नं २ मा एक हजार २९०, वागमती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा आठ हजार ९२२, कर्णाली प्रदेशमा तीन हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा चार हजार २५ जना क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मंगलबारको अपडेटमा आइसोलेसनमा देशभरी १ सय २० जना रहेका छन् । काठमाडौ उपत्यकामा २ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय १८ जना रहेका छन् । यस्तैगरि गत २४ घण्टामा २ जना थप रेडजोनमा परेसँगै सम्भावित संक्रमित (रेडजोन) मा पर्नेको संख्या ३ सय ३० पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया