Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
इटहरी, २४ साउन । केन्द्र सरकारका सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत बनिसकेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रदेश हाँक्ने सहयोगी र सल्लाहकार समूह बल्ल बन्न थालेको छ।
३ फागुन ०७४ मा शपथ लिएका मुख्यमन्त्री राईले १३ जनासम्मको कार्यालय सहयोगीदेखि सल्लाहकारसम्मको निजी टोली बनाउन पाउँछन्। मुख्यमन्त्रीको सेवा सुविधासम्बन्धी ऐन, २०७५ मा रहेको कानूनी व्यवस्था हो यो। हालसम्म स्वकीय सचिव, कानूनी सल्लाहकार र प्रेस सल्लाहकार मात्रै नियुक्त भएका छन्।
मुख्यमन्त्रीलाई अत्यावश्यक राजनीतिक सल्लाहकार, आर्थिक सल्लाहकार र प्रमुख स्वकीय सचिव भने नियुक्त भएका छैनन्। महत्वपूर्ण सल्लाहकारका साथै केही आवश्यक सहयोगीको नियुक्ति पनि बाँकी छ। केही समयको अन्तरालमै आफ्नो टिमको पूर्णता दिने मुख्यमन्त्री राईले बताउँदै आएका छन्।
यी हुन् मुख्यमन्त्री राईका तीन प्रमुख सल्लाहकारहरू
१) रेवतीरमण भण्डारी
मुख्यमन्त्री राईले पद सम्हालेकै महिना कानूनी मस्यौदा सुझाव समितिको सल्लाहकारमा नियुक्ति गरेका हुन्, रेवतीरमण भण्डारीलाई। भण्डारी दोस्रो संविधानसभामा सभासद् थिए। र, संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कानूनको औपचारिक अध्ययन मात्र होइन, वकालतको समेत अनुभव भएका नेता हुन्, उनी। प्रदेशका विभिन्न कानून निर्माणमा कम अनुभव भएका सभामुख, सांसद र सरकारलाई कानूनी सल्लाह दिँदै आएका छन्।
संविधानसभाको विधायन समितिका सदस्य थिए। भण्डारीले जनमत हुँदाहुँदै वाम गठबन्धनको नाममा आफ्नो चुनावी क्षेत्र सुनसरी-२ बाट टिकट पाएका थिएनन्।
स्रो संविधानसभामा उनले सात हजार मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए।
२) ध्रुव सुवेदी

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

एभिन्युज टेलिभिजनदेखि नागरिक दैनिकसम्मका राष्ट्रिय सञ्चारमाध्यममा काम गरेको अनुभव भएका ध्रुव सुवेदी मुख्यमन्त्री राईका प्रेस सल्लाहकार छन्। उनी १३ असार ०७५ मा प्रेस सल्लाहकार नियुक्त भएका हुन्।
मुख्यमन्त्री राईको चुनाव क्षेत्र भोजपुर(२का स्थायी बासिन्दा सुवेदी भोजपुरबाटै पत्रकारिता शुरु गरेर केही वर्षअघि राजधानी गएका थिए।
३) मकर खड्का
पूर्वएमालेको विद्यार्थी मोर्चा अनेरास्ववियूका केन्द्रीय सचिव मकर खड्का मुख्यमन्त्री राईका स्वकीय सचिव हुन्। भोजपुर(१ का स्थायी बासिन्दा खड्का राईको चुनावी अभियानको दौरानदेखि नै सक्रिय सहयोगीको रूपमा छन्।नेपाल समयबाट
तपाईको प्रतिक्रिया