Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
छापाबाट
२४ साउन । मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
मुलुकी अपराध संहिता ऐन, फौजदारी कार्य्विधी संहिता ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी मस्यौदा बनेको बताइएको छ भने मुलुकी देवानी (संहिता) ऐन–२०७४, मुलुकी देवानी कार्यवीधी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन –२०७४ कार्यान्वयनमा आउन लागेको हो ।
तर धेरै सर्वसाधारणले यसबारे आफूलाई केही थाहा नभएको बताएका छन् । उनीहरूले यसमा सरकार र सम्बन्धित निकायको नै कमजोरी रहेको गुनासो गरेका छन् । उनीहरू भन्छन्–यसबारे हामीलाई कसैले जानकारी दिएको छैन न सरकारले न सम्बन्धित अन्य अन्य निकायले । आफूहरूलाई प्रशिक्षण दिइनुपर्ने या अन्तत्र्रिmयामा सहभागी गराइनुपर्ने उनीहरूको माग छ ।
तपाईको प्रतिक्रिया