Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अहिले सम्म कसैको पनि आरडिटी-पिसिआर परीरक्षण भएको छैन

आलाइन बिचार
गौरादह, १९ बैशाख २०७७ । इस्लाम धर्मावलम्बीहरुको धार्मीक सभा ‘इज्तिमा’मा सहभागि भएका गौरादहका २२ जना नगरपालिकाको सम्पर्कमा आएका छन् । उनीहरु होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।अहिले सम्म कसैको पनि आरडिटी-पिसिआर परीरक्षण भएको छैन  ।

भिटिएम (भाइरस ट्रान्सपोटेसन मिडिया) को अभावमा उनीहरुको हाल सम्म पिसिआर परीक्षणको लागि थ्रोट स्वाब संकलन गरिएको छैन ।
आज नै केहीको आरडिटी परीक्षणको तयारी भने गरिदैगरेको गौरादह नगरपालिकाका नगर स्वास्थ्य शाखाका गोबिन्द श्रेष्ठले बताए ।

बाइस जना नै सप्तरीको वोदे बर्साइन नपा–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको धार्मिक सम्मेलन ‘इज्तिमा’मा उनीहरु सहभागि भएका थिए । ‘इज्तिमा’मा एक लाख बढी इस्लाम धर्मावलम्बीहरु सहभागि थिए ।

सो धार्मिक सम्मेलनमा ठूलो संख्यामा भारतीय जमातीहरु सहभागि भएका थिए । सप्तरी हुँदै उदयपुर पुगेका १२ जना भारतीय जमातीहरुमा कोरोना पोजेटिभ देखिएपछि सम्मेलनमा सहभागि भएकाहरु त्रसित बनेका छन् ।

तपाईको प्रतिक्रिया