Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

छापा

२४ सउन । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन्।
अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ। तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन्।
बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेका भयाभह तथ्यांक रहेको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेर समूहका छन्। त्यसपछि १० वर्षमुनिका बालिका छन्।
चार वर्षमा मुलुकभर चार हजार ४४५ महिला बलात्कृत भएका छन्र तीमध्ये १० देखि १६ वर्ष उमेरका एक हजार ३००, १० वर्षमुनिका ८२० बलात्कृत भए। १७ देखि १८ वर्ष उमेरका ४५१ र २० वर्षभन्दा माथिका एक हजार ५१६ जना रहेका छन्।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments