Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026
ओखलढुंगा, २४ साउन । ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने भएको छ।
बर्थिङ सेन्टरमा जन्मने शिशुको परिवारलाई भने १ हजार दिने भएको छ। यो निर्णय सुन्दा एउटा अर्थ लाग्ने देखिए पनि यसको उद्देश्य विशेष छ। गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने ‘वृद्ध अपां भत्ताका नाममा वर्षेदेखि कर्मचारी र भत्ता लिने आफन्लेत मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएर अनियमितता गर्दै आएका थिए।
मृत्यु भएकाको परिवारलाई ५ हजार किरिया खर्च दिन थालेपछि यसको अन्त्य हुँदै जान्छ।’ गाँउपालिकामा मृत्यु हुनेलाई किरिया खर्चका साथै समवेदना पत्र दिई अभिलेख राख्ने गाँउपालिकाले जनाएको खबर कान्तिपुर दैनिकमा छ।
अभिलेख राख्दा मृत्यु भएको व्यक्तिको सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति एकै हो कि होइन भन्ने निक्योल गरिने उनले जनाए।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments