Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १७ वैशाख । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो ।

संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

तपाईको प्रतिक्रिया