Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024
काठमाडौं, २३ साउन । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ परेको विषयलाई लिएर नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले विरोध गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै वैद्यले आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको उल्लेख गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘ हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।’
यसैबीच विश्वकर्मालाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा पक्राउ परेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिइएको हो ।
विश्वकर्मालाई काठमाडौं प्रहरीले चन्दा ऐनअन्तर्गत कारबाही र मुद्दा चलाउने तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया