Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
२३ साउन । उपभोग्य वस्तुमा विषादी प्रयोग गर्ने वा त्यस्तो उत्पादन बिक्री गर्नेलाई अब पाँच वर्षसम्म कैद हुने भएको छ।
सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्याउनेलाई यस्तो कारबाहीको व्यवस्था गरिएको हो।
कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, संविधानको मौलिक हकअन्तर्गत रहेको ‘उपभोक्ताको हक’ कार्यान्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सान भएमा कसुर गरेको मानिने उललेख छ।
उपभोग गर्नै नसकिने गुणस्तरहीन वस्तु उत्पादन वा बिक्री गरेमासमेत जेल र जरिवाना दुवै हुनसक्ने प्रावधान विधेयकमा राखिएको छ। ’लेबल’मा उल्लेख गरिएभन्दा कम गुणस्तको, आवश्यक तत्त्व, परिमाण घटाइएको, मिसावट गरिएको, सडेको, गलेको, विषदी मिसाइएको, हानिकारक वनस्पतिबाट बनाइएको सामानलाई गुणस्तरहीन वस्तुका रूपमा परिभाषित गरिएको छ।
तपाईको प्रतिक्रिया