Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दमक, ११ वैशाख । कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला झापाको दमकका एक जना व्यक्तिमा आरडिटि पोजेटिभ देखिएको छ।

एक महिना अघि दुवईबाट फर्किएका उनमा कोरोना भाईरस(कोभिड-१९)को रोकथाम तथा नियन्त्रणका लागि आरडिटि परीक्षण गर्ने क्रममा बिहीबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

आरडिटिमा पोजेटिभ देखिएका ती व्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शरिरमा भाइरसको जिवाणु सक्रिय वा निष्क्रिय रहेको बारेमा परीक्षण गर्दा ती व्यक्तिमा सकृय अर्थात पोजेटिभ देखिएको हो । बिहीवार दमकमा ७ जनामा आरडिटि परीक्षण गरिएको मध्ये एक जनामा पोजेटिभ र अन्य ६ जनामा नेगेटिभ देखिएको हो ।

दमकका विभिन्न क्वारेन्टाइनमा ४१ जना रहेका छन । जसमा अहिले सम्म कसैमा पनि आरडिटि पोजेटिभ आएको थिएन । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ती युवालाई दमक अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखिएको र उनको समेत स्वास्थ्य अवस्था सामान्य रहेको दमक नगरपालिका स्वास्थ शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले बताए ।

तपाईको प्रतिक्रिया