Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २२ साउन । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा.युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ । समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धि कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी दिन गृहमन्त्री थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रसंघ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका लागि सरकारको कार्ययोजनाबारे जानकारी दिन अर्थ मन्त्री खतिवडा र सुशासनका विषयमा छलफल गर्न गृहमन्त्री थापासँग छलफल गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धि सूचक र नेपाल सरकार आफैले पनि बनाएको सूचक अनुसारको कामलाई अघि बढाउन आवश्यक छलफल गर्न अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग छलफल गर्न आवश्यक हुने धारणा राखेका थिए ।

समितिका सदस्यहरुले दिगो विकास र सुशासनसम्बन्धि सरकारको कार्य योजना जानकारी लिएपछि मात्रै समितिको कार्ययोजना बनाउन उपयुक्त हुने धारणा पनि राखेका थिए । दिगो विकास तथा सुशासन समितिको कार्य क्षेत्र भित्र नेपाल सरकारले अख्तियार गरेको दिगो एवम् सन्तुलित विकास र सुशासन प्रवद्र्धन सम्बन्धि विषय रहेका छन् ।

तपाईको प्रतिक्रिया