Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

८ बैशाख २०७७ सोमबार

लकडाउन अथवा बन्दाबन्दीले विद्यालय उमेरका बालबालिकाको मनोबिज्ञानमा कस्तो असर परेको होला ? विद्यालय, पाठशाला, हाट बजार हिडडुल सबै बन्द छ । विद्यालयमा साथी समूहसंग रमाउने खेल्ने बालबालिकाको अहिलेको घरको दैनिकी कस्तो होला ? भनिन्छ आमाबाबुको काख नै बालबालिकाको पहिलो पाठशाला हो । एक महिनादेखि बालबालिकाहरु आफ्ना अभिभावकको आँखाको वरिपरि छन् । के गर्दैछन् तथा कस्तो दैनिकीमा छन् उनीहरु ? यसै सन्दर्भमा अनलाईनबिचारले कक्षा चारमा पढ्ने अनुभव दाहाल संग गरेको छोटो कुराकानी । हेर्नुहोस् भिडियो सहित ः 

  • हजुरको परिचय ?
    मेरो नाम अनुभव दाहाल हो । म गौरादह नगरपलिका वार्ड नम्बर २ झापामा बस्छु ।
  • कति कक्षामा कहाँ पढ्नु हुन्छ ?
    म कक्षा चारमा पढ्छु । म पढ्ने विद्यालयको नाम सुरज शिक्षा प्रतिष्ठान हो ।
  • लकडाउनमा घरमा बसेर के के गर्दैहुनुन्छ ?
    लकडाउनमा म घरमा बसेर समय मिलाएर पढ्छु, लेख्छु, गाउँछु, ड्रोइङ गर्छु, टेलिभिजन हेर्छु । मोबाईलमा युटुबाट गीत र नृत्य पनि हेर्छु ।
  • लकडाउन भनेको के हो ? लकडाउन किन गरेको होला हजुरलाई केही थाहा छ ?
    लकडाउन भनेको घरमै बसिरहनु हो । लकडाउन कोरोना भाइरसको कारणले गर्दा भएको हो ।
  • लकडाउनमा आआफ्नो घरमा बस्ने हजुरको साथीहरुलाई के भन्नु हुन्छ ?
    लकडाउनमा साथीहरुलाई म साथीहरु घरमै बस्नुपर्छ बाहिरफेरा घुम्नुडुल्नु हुँदैन भन्न चाहान्छु ।
  • हजुरलाई खेल्न मनलाग्छ लाग्दैन ?
    मलाई स्पोर्टस् मनपर्छ । फुटबल, भलिबल मनपर्छ ।
  • स्कुल कहिले जाने ?
    स्कुलजान मनलागेको छ । अब कक्षा पाँचमा पढ्ने हो ।
तपाईको प्रतिक्रिया