रञ्जित तामाङ

यो निर्दयी सडकमा
निश्छल लावा लस्करहरु
पिठ्युमा पिडा बोकेर
उन्मुक्तिको अन्त्यहिन
उकालो चढिरहेछन्
निरन्तर हर प्रहर !

न जन्तीको ताँती
न मलामीको लर्काे
हुलका हुल भुईमान्छेहरु
पोका पन्तुरामा
पसिना पोको पार्दै
प्रियजनको आत्मियता
पछ्याईरहेछन् निरन्तर !

आज निभेको
आशाको दियो
कुनै बेला
उनै भुईमान्छेहरुले
जलाएका थिए
सिंहदरवारको कुना कन्दरामा
बिश्वास भर्दै
भाचिएको मन, गलेको तन,
खोज्दै हिडिरहेछन्
देश निरन्तर ! निरन्तर !

६ बैशाख २०७७ शनिबार

तपाईको प्रतिक्रिया

Comments