साबित्री कुमार काफ्ले ‘समर’
१
गगन नील छैन हिजो आज वादल छाएको छ ,
छक्क परि कोइलिले न त गीत नै गाएको छ !
हासो खुशी खानलाई कसले मुख वाएको छ,
धरतिले उपहारमा आतङ्क पो पाएको छ !!
२
तर्सिएर मान्छे आफैं सङ्ग भाग्न थालेको छ ,
असुरक्षित भयो घर चौरीमा पाल हालेको छ !
माया मोह स्नेह सब बाचौ भन्दै फालेको छ ,
म नै सर्वशक्तिमान भन्नेलाइ नि गालेको छ !!
३
सिङ्गै सन्सार उत्रेको छ आमहड्तालमा एकै पटक ,
चिता चढाउने कसले लास चिहानमा सटक सटक !
देखिदैन कोही – कसैको कहीं कतै तडक – भडक ,
निराश उदाश रङ्ग विहिन बनेका छन सारा सडक !!
४
शताब्दीकै यो समय इतिहासमै क्रुर – कालो ,
आफ्नै कर्म आफैलाइ दूर्दशाको भयो जालो !
सपाप्त भै यो अध्यायआउला अर्को युगको पालो ,
नयाँ सभ्यताको जग बन्ला कटू अनुभव आलो !!
विराटनगर